संसद्‌बाटै एमालेको चेतावनी : भोलिदेखि सदन चल्‍न दिँदैनौं

काठमाडौं । नेकपा एमालेले आफ्ना नेता-कार्यकर्तामाथि आक्रमण भएको भन्दै भोलिदेखि सदन चल्‍न नदिने चेतावनी दिएको छ। एमालेका प्रमुख सचेतक पदम गिरीले बिहीबार प्रतिनिधि सभामा बोल्दै आफ्ना नेता-कार्यकर्तमाथि ढुंगामुढा गर्ने तथा आतंकित गर्ने काम भइरहेकोले यसबारे सरकारले सदनलाई जानकारी गराउनुपर्ने बताएका छन्।

उनले भने,नेकपा एमालेका नेता कार्यकर्तालाई लक्षित गर्दै, हाम्रो शान्तिपूर्ण कार्यक्रममा ढुंगामुडा गर्ने र आतंकित गर्ने काम सरकारमै रहेका सत्तारुढ पार्टीका कार्यकर्ताबाट भइरहेको छ। हाम्रो पार्टीको अध्यक्षमाथि पनि घटना भएको थियो। हामीले संसदमा जानकारी गराएका थियौं। आज पनि कोशी प्रदेशको हाम्रो संसदीय दलको उपनेता राम रानामाथि घेराबन्दी गरेर मोबिल छर्केर आगो लगाउने प्रयास भयो इलाममा। कोशी प्रदेशका सभामुख सिर्जना दनुवार र त्रियुगा नगरपालिकाको उपमेयर महेश्‍वर राई चढेको गाडीमाथि पनि ढुंगामुढा भएको छ।

नेकपा एमालेले अब आफूहरु सहन नसक्‍ने भएको र प्रतिवाद गर्न तयार रहेको बताएका छन्। उनले थपे, उनले भने, हामीमाथि निरन्तर यो प्रकारले हमला हुन्छ भने हामी प्रतिवाद छौं। आक्रमणमा कोको थिए भन्ने सरकारले सदनलाई जानकारी गराओस्। नत्र हामी भोलिबाट सदन अगाडि बढ्न दिँदैनौं।
सत्तापक्षकै व्यक्तिहरुको संलग्नतामा आतंक सिर्जना गर्ने काम भइरहेको एमालेको आरोप छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित