जबरजस्ती करणी आरोपमा दार्चुलाका वडाध्यक्ष पक्राउ

दार्चुला । दार्चुलामा महिलालाई जबरजस्ती करणी गरेको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । मालिकार्जुन गाउँपालिका-३ का वडाध्यक्ष मदन सिंह धामी गाउँकै महिलालाई करणी गरेको आरोपमा पक्राउ परेका हुन् । गत माघ २० गते महिलालाई जबरजस्ती करणी गरी वडाध्यक्ष धामी फरार भएका थिए ।

आफूलाई जबरजस्ती करणी गरेको भन्दै वडाध्यक्ष धामीविरुद्ध फागुन ५ गते पीडित महिलाले जिल्ला प्रहरी कार्यालय दार्चुलामा जाहेरी दिएकी थिइन् ।

उक्त जाहेरीको आधारमा बुधबार जिल्ला सदरमुकामबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक जगत गाहा मगरले जानकारी दिए ।

पक्राउ परेका वडाध्यक्ष धामीलाई जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनी एमालेबाट निर्वाचित वडा अध्यक्ष हुन ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित