पूर्वराज्यमन्त्री महेश चौधरीको निधन

काठमाडौं । पूर्वराज्यमन्त्री महेश चौधरीको निधन भएको छ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा आज दिउँसो चौधरीको निधन भएको हो । उनी हर्नियाबाट पीडित थिए । काठमाडौंमा हालै शल्यक्रिया गरेर गृह जिल्ला दाङ फर्किएका उनी स्वास्थ्यमा पुनः समस्या देखिएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका थिए ।

नेकपा एमालेका नेतासमेत रहेका चौधरी २०४८ सालमा राष्ट्रिय सभा सदस्य र २०५४ सालमा स्थानीय विकास राज्यमन्त्री बनेका थिए । उनले वि.सं २०२८ सालमा दाङबाट थारू भाषाको साहित्यिक पत्रिका ‘गोचाली’ निकालेका थिए।

उनले ‘द हिडनट्रेजर अफ द लो ल्याण्ड नेपाल (भाग(१ – २)’, ‘नेपालको तराई तथा यसका भूमिपुत्रहरू’, स्थविरहरुको प्राचीन इतिहास र संस्कृति, थारू भाषाको पहिलो गीति नाटक ‘छारा’, थारू भाषामा लिरौसी व्याकरण लगायत थुप्रै पुस्तक लेखेका छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित