काठमाडौं । सरकारले संसदमा ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि आज पनि छलफल हुने भएको छ । बजेटमाथि सोमबारयता लगातार छलफल भइरहेको छ । प्रतिनिधिसभाको बैठक बुधबार बिहान ११ बजे सुरु हुनेछ ।
बजेटमाथि संसदमा छलफल चलिरँदा करका दर हेरफेरमा अनधिकृत व्यक्तिको प्रवेश गरेको भन्ने विषयले मंगलबारको संसद बैठक प्रभावित बनेको थियो । विपक्षीले अर्थमन्त्रीसँग यो विषयमा जवाफ मागेका थिए । अर्थमन्त्री डा। प्रकाशशरण महतले जवाफ दिएपछि बैठक चलेको थियो ।
बजेटमा विपक्षीहरूले सहमति जनाएका छैनन् । छलफलका क्रममा विपक्षी दलका सांसदहरूले बजेटको आलोचना गरेका छन् । तर सत्ता पक्षका सांसदहरूभने बजेटको बचाउमा छन् । अर्थमन्त्री महतले १५ जेठमा संसदमा आगामी आर्थिक वर्षको बजेट पेस गरेका थिए ।