रेशम चौधरीलाई आममाफी प्रकरण : सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

काठमाडौं । टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई आममाफी दिएको प्रकरणमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ।

सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको मंगलबारको इजलासले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो। सिंहको इजलासले उक्त मुद्दामा अग्राधिकार दिने आदेश समेत जारी गरेको छ।

कैलालीको टीकापुरमा भएको हत्याकाण्डमा तीनै तहका (जिल्ला, उच्च र सर्वोच्च) अदालतबाट दोषी ठहर भएका चौधरीलाई सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा आममाफी दिएका थिए।

टीकापुर घटनाका पीडित शारदा कडायत बोहोराले दायर गरेको रिटमाथि मंगलबार पहिलो सुनुवाइ भएको हो। यसअघि न्यायाधीशहरु आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको इजलासमा पेस परेपनि हेर्न नभ्याइने हुँदै सुनुवाइ सरेको थियो।

मंगलबार रिट दायरकर्ताको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, अधिवक्ता हरि प्रसाद पंगेनी, अधिवक्ता रामचन्द्र पौडेल, अधिवक्ता लोकेन्द्र सिंह धामी, अधिवक्ता चेत बहादुर थापा लगायतले बहस गरे।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित