५० हजार घुस सहित वडाध्यक्ष मियाँ पक्राउ

काठमाडौं । सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष सब्दुल मियाँ ५० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले वडाध्यक्ष मियाँलाई पक्राउ गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार वडाध्यक्ष मियाँले भवन निर्माण सम्पन्न भएको सिफारिस पत्र दिने प्रयोजनका लागि घुस मागेका थिए।

पूर्वसूचनाको आधारमा खटिएको अख्तियारको टोलीले उनलाई घुस रकम लिइसकेको अवस्थामा रंगहात पक्राउ गरेको प्रवक्ता दाहालले जानकारी दिए। पक्राउ परेका वडाध्यक्ष मियाँमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित