सुनकोशी नदीमा खसेको गाडीमै भेटियो दुई जनाको शव

काठमाडौं। सुनकोशीमा ४ दिन अघि खसेको सीटीइभीटीको गाडी भेटिएको छ। मध्यपहाडी लोकमार्गअन्तर्गत घुर्मी–खुर्कोट सडकखण्डको लौकुनबाट गाडी नदीमा खसेको थियो।

काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको बिएबी ७४६७ नम्बरको स्कारपियो सिन्धुलीको गोलन्जोर गाउँपालिका– ७ को लौकुनबाट सुनकोसीमा खस्दा तीन कर्मचारी बेपत्ता भएका थिए।

गाडी पूरै नदीमा डुबेको र निकाल्न नसकिएको कारण बेपत्ताको समेत पत्तो लागेको थिएन। गाडीचालक कृष्णबहादुर चौधरी भने त्यसैसमय पौडिएर निस्किएको प्रहरीले जनाएको छ।

गाडीमा सीटीईभीटीका निर्देशक कृष्णबहादुर केसी, निर्देशक यमप्रसाद भुर्तेल र प्राविधिक अधिकृत भानु पौडेल थिए। उनिहरु मध्ये २ जनाको शव गाडीसँगै भेटिएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित