भुटानी शरणार्थी प्रकरण : सरकारी वकिल पक्षको बहस सकियो

काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा भएको ठगी प्रकरणमा तीन दिनदेखि जारी थुनछेक बहसमा सरकारी वकीलको बहस मङ्गलबार सकिएको छ।

बहसमा यस प्रकरणमा जोडिएकाहरू उच्चपदस्थ व्यक्ति भएकाले उनीहरूलाई थुनामुक्त गरेमा मुद्दाका प्रमाण नष्ट हुन सक्ने भएकाले थुनामै राखेर सुनुवाइ गर्नुपर्ने सरकारी वकील र जाहेरवालाको तर्फका कानून व्यवसायीहरूले जिकिर गरेका छन्।

जाहेरवालाको तर्फबाट मङ्गलबार वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठ, अधिवक्ताहरू स्वागत नेपाल, सुशीलकुमार शर्मा, दीपकराज रेग्मी र राधिका चौलागाईं र हरिप्रसाद कँडेलले बहस गरेका थिए।

सरकारी पक्षको बहस सकिएसँगै अब बुधबारदेखि प्रतिवादीतर्फबाट कानून व्यवसायीहरूले बहस गर्नेछन्। प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता एवं पूर्व महान्यायाधिवक्ताहरूले बहस गर्न नाम टिपाएका छन्। पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण र निलम्बित सचिव टेकनारायण पाण्डेको प्रतिरक्षामा क्रमशः पूर्व महान्यायाधिवक्ताहरू रमेश बडाल, खम्मबहादुर खाती र रमनकुमार श्रेष्ठले बहस गर्न वकालतनामा लिएका छन्।

दुवै पक्षको थुनछेक बहस सकिएपछि पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटी वा तारेखमा छाड्ने भन्नेबारे निर्णय लिइनेछ।

नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा १८ जना पक्राउ परेका छन् भने ३० जना फरार छन्। उनीहरूलाई २७ करोड ५० लाख रुपैयाँ बिगो माग दाबीसहित गत जेठ १० गते जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको थियो।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित