कोशी प्रदेश सरकारबाट बाहिरियो माओवादी

काठमाडौं । कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ। एमाले नेतृत्वको कोशी प्रदेश सरकारलाई दिएको समर्थन पनि उसले फिर्ता लिएको छ।

अब आफ्नै दलका नेतालाइ मुख्यमन्त्रीमा प्रस्ताव गर्ने निर्णय माओवादी केन्द्रले गरेको छ। यसअघि जनता समाजवादी पार्टी (जसपा) कोशी सरकारबाट बाहिरिएको थियो।

एमाले संसदीय दलका नेता हिक्मतबहादुर कार्की माओवादी केन्द्र, राप्रपा, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीको समर्थनमा गत पुस २४ मा मुख्यमन्त्री नियुक्त भएका थिए।

९३ सदस्यीय प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन्।

प्रदेशसभामा बहुमतका लागि ४७ सांसदको समर्थन चाहिन्छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित