काठमाडौं । मङ्गलबार सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारको तुलनामा आज सुनको मूल्य बढेर १ लाख १२ हजार ५ सय रुपैयाँ पुगेको हो । यसअघि छापावाल सुनको मूल्य १ लाख ११ हजार ६ सय रुपैयाँ थियो ।
त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ११ हजार ५० रुपैयाँ रहेकोमा आज बढेर १ लाख ११ हजार ९५० रुपैयाँ पुगेको छ । यसैगरी, १ हजार ४ सय १५ रुपैयाँ रहेको चाँदीलाई आज प्रतितोला १ हजार ४ सय २० रुपैयाँ पर्ने महासङ्घले जनाएको छ ।