राष्ट्रियसभामा आज प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने

काठमाडौं । संघीय संसद्का दुवै सदनका बैठक मंगलबार बस्दैछन्। संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेबाट सुरु हुनेछ भने राष्ट्रियसभाको बैठक बिहान ११ बजेर ११ मिनेट जाँदा बस्नेछ।

प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट बारेको छलफल जारी रहनेछ। यता राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।

यसैगरी, आजको राष्ट्रियसभाको बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रबारे जानकारी गराउने, अर्थमन्त्री डा। प्रकाशशरण महतले ‘आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत र यस विषयमा छलफल प्रारम्भ गर्नेछन्।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित