काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा जवाफ दिइरहेका बेला प्रमुख प्रतिपक्षी दल एमालेले अवरोध गरेको छ । नागकिरता विधेयक प्रमाणीकरणको विषयमा जवाफ दिने क्रममा एमालेले अवरोध गरेको हो ।
प्रधानमन्त्रीले अघिल्लो राष्ट्रपतिबाट संविधान उल्लंघन नभएको बताएपछि एमालेले अवरोध गरेको हो । प्रधानमन्त्रीले भनेका थिए, ‘संसदबाट दुई पटक पारित भएर राष्ट्रपतिकहाँ गएको थियो । राष्ट्रपतिले होल्डमा राख्नुभयो । संविधानको मर्मविपरीत होल्ड गर्नुभयो । संविधान मिचिएको थियो ।’