गण्डकीको नीति तथा कार्यक्रम : दुर्गम पश्चिम बागलुङ क्षेत्रलाई प्राथमिकता

बागलुङ । बुर्तिबाङ प्रथामिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरिने भएको छ । गण्डकी प्रदेश सरकारले स्वास्थ्य केन्द्रलाई प्रदेश सरकार मातहतमा ल्याएर स्तरोन्नति गरिने भएको हो । जिल्लाको पश्चिम क्षेत्रका बिरामीको समस्यालाई मध्यनजर गर्दै स्वास्थ्य केन्द्रलाई अस्पतालमा स्तरोन्नति गर्न लागिएको हो ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आइतबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बागलुङको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र र गोरखा अस्पताललाई प्रदेश सरकार मातहत ल्याएर स्तरोन्नति गरिने उल्लेख गरे । बुर्तिबाङमा अस्पताल बने पश्चिम क्षेत्रका चार स्थानीय तह लाभान्वित हुनेछन् ।

ढोरपाटन नगरपालिका तथा बडिगाड, तमानखोला र निसीखोला गाउँपालिकाका सर्वसाधारणलाई अस्पताल पुग्न एक सय किलोमिटर टाढा पुग्नुपर्ने बाध्यता छ । यहाँका बिरामीले सदरमुकाम बागलुङ बजार पुग्न बुर्तिबाङ बजारदेखि ९१ किलोमिटरको दूरी पार गर्नुपर्छ भने छिमेकी जिल्ला गुल्मीका अस्पताल पुग्नसमेत घन्टौँ यात्रा गर्नुपर्छ ।

प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै बागलुङ क्षेत्र नं २ प्रदेशसभा ‘ख’का प्रदेशसभा सदस्य दोर्ण कुँवरले सरकारले जिल्लाको पश्चिमको माग सम्बोधन गरेको उल्लेख गरेका छन्।

“हाम्रो अभ्यास पास भएको छ, बागलुङको पश्चिम क्षेत्रका जनताको आवाज सुनिने गरी नीति तथा कार्यक्रममा उत्तरगङ्गा जलाशययुक्त आयोजनालाई अगाडि बढाउने, सालझन्डी ढोरपाटन सडकको बुर्तिबाङ–ढोरपाटन खण्डको यथाशीघ्र सम्पन्न गर्न, काठेखोला–गल्कोट सुरुङ मार्गको विस्तृत परियोजना प्रतिवेदन गर्ने, प्राथमिक ट्रमा सेन्टर स्थापना गर्ने र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति नीति तथा कार्यक्रममा समावेश छ”, कुँवरले भने ।

प्रदेश सरकारले धौलागिरि अस्पताल बागलुङमा दुर्घटनाबाट हुने मानवीय क्षतिलाई न्यूनीकरण गर्न प्राथमिक ट्रमा सेन्टर स्थापना गर्ने नीतिमा उल्लेख गरेको छ । यहाँ ट्रमा सेन्टर स्थापना गर्ने चर्चा चलेको भने सात वर्ष बितेको छ । तत्कालीन प्रतिनिधिसभा सदस्य हरि खड्काको नाममा ट्रमा सेन्टर सञ्चालनका लागि बागलुङ नगरपालिकाले नीति बनाएको थियो । चार वर्षअघि सङ्घ सरकारको नीति तथा कार्यक्रमले सम्बोधन गरेको ट्रमा सेन्टरको विषय प्रदेश सरकारको नीतिमा परेको हो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित