काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्को सोमबारको बैठकमा सम्बोधन गर्ने भएका छन् । सभामुखको सचिवालयका अनुसार संसद् अवरोध हटाउन, भारत भ्रमणबारे जानकारीलगायत विषयमा प्रधानमन्त्रीले सम्बोधन गर्ने भएका हुन् ।
सभामुखसँग भएको टेलिफोन संवादमा प्रधानमन्त्री दाहालले संसद्मा सम्बोधन गर्ने जानकारी गराएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए । ुसभामुखसँगको संवादमा प्रधानमन्त्री दाहालले सदनमा विपक्षीले उठाएको मागबारे आफू जानकार रहेको बताउँदै सोमबारको संसद् बैठकमा आफूले सम्बोधन गर्ने बताउनुभएको थियो,अधिकारीले भने ।
प्रधानमन्त्री दाहालले संसद्को अवरोधको विषयमा प्रमुख प्रतिपक्षी दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल गर्ने बताएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।