झापामा गर्मीका कारण एक बृद्धको मृत्यु

दमक । केहि दिनयता सुरु भएको अधिक गर्मीले झापाको जन जिवन प्रभावित बनेको छ । यसै क्रममा दमक नगरपालिका वडा नं ८ का ६७ वर्षीय मोतिराज राई (राई कान्छा) को अधिक गर्मीका कारण मृत्यु भएको बताईएको छ ।

आइतबार दिउँसो राईलाई स्थानीय मकैबारीमा मृत अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको वडा नं.८ का वडाध्यक्ष धर्मप्रसाद दाहालले बताए । उनी मजदुरी गरेर जिविको पार्जन गर्दै आएका थिए ।

अल्कोहल सेवन गरेको र मकैबारीमा लडेपछि उठ्न नसक्दा गर्मीका कारण ज्यान गएको भन्ने बुझिएको छ, वडाध्यक्ष दाहालले भने। खाना खाएर राई घरबाट निस्केको पनि बताईएको छ ।

इलाका प्रहरी कार्यालय दमकका प्रमुख मनोजकुमार लामाका अनुसार घाँस काट्न जाँदा बारीमा मृत अवस्थामा बृद्धलाई स्थानीयले देखेर प्रहरीमा खबर गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित