शरणार्थी प्रकरण : आजदेखि थुनछेक बहस हुँदै

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आइतबारदेखि थुनछेक बहस हुँदैछ। हालसम्म पक्राउ परेका १८ जना अभियुक्तको अदालती बयान सकिएपछि आजदेखि जिल्ला अदालत, काठमाडौंमा थुनछेक बहस हुने भएको हो।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाइदिने भन्दै पैसा उठाएर ठगी एवम् गैरकानुनी काममा संलग्न सबैको प्रहरीले बयान भने लिइसकेको छ।शुक्रबार पूर्वगृहमन्त्री बालकृष्ण खाण, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र गिरोहका सदस्य हरिभक्त महर्जनसँग बयानको बयान लिइएको थियो। यसलगत्तै थुनछेक बहसलाई अगाडि बढाउने कार्य थालिएको हो।

जिल्ला अदालत ,काठमाडौँका अनुसार उक्त प्रकरणमा सरकारी वकिलका तर्फबाट ४ जनाले बहस गर्ने तयारी गरेका छन्। प्रतिवादीका तर्फबाट करिव ५० जना कानुन व्यवसायीले बहसका लागि वकालतनामा दिने तयारी गरेका छन्। ३० प्रतिवादी भएको र पक्राउ परेका अधिकांश व्यक्तिहरूले दुईभन्दा धेरै कानुन व्यवसायी राख्ने तयारी गरेकाले थुनछेक बहस केही दिन लम्बिने देखिए छ।

करिब १ साता बयानमा लागेको र एक सातामा थुनछेक बहसपछि मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा रिहा गर्ने अदालतले निर्णय गर्नेछ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित