भ्रष्टाचार र अनियमिततामा माओवादीकै नेता भएपनि छोडिन्न : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार र अनियमितताको घटनामा माओवादी केन्द्रकै कोही नेता परे पनि उन्मुक्ति नपाउने बताएका छन् । स्थानीय तहका दलित जनप्रतिनिधिहरुको प्रथम राष्ट्रिय भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै उनले सुशासन स्थापना गर्न कुनै सम्झौता नहुने बताएका हुन् ।

‘कुन पार्टीको को पर्छ मलाई थाहा छैन, आज कुनै एउटा पार्टीको होला, भोलि मेरै पार्टीको, माओवादीको कोही पर्ला, भ्रष्टाचार काण्डमा, अनियमितताको काण्डमा परे भने आश्चर्य नमान्नुहोला, त्यो छुट दिइने छैन’ उपप्रधानमन्त्री श्रेष्ठले भने । आफुले नियम भन्दा बाहिर गएर कुनै काम नगर्ने र सरुवा, बढुवाका लागि कसैको भनसुन पनि नमान्ने उनको भनाइ छ ।

‘हामीले संस्थागत र प्रणालीगत रुपमा काम गर्न जरुरी छ। खबरदार ! अब कोही कसैले सरुवा, बढुवाको निम्ति म भन्दिन्छु भनेर नागरिक झुक्याउँछ भने रकम दिनेलाई पनि र लिनेलाई पनि जेल हाल्छु’ उपप्रधानमन्त्री श्रेष्ठले भने ।

उनले आफू सयौँ पटक चुनाव हार्न तयार रहेको तर निष्पक्षता र संवैधानिक मूल्य मान्यता बिर्सिन नसक्ने उद्घोष गरे । रकमको लोभमा आफ्नै नागरिकलाई शरणार्थी बनाउने घृणित प्रकरणमा राज्यको अनुसन्धान खेर नजाने पनि उनले बताए ।

आफु गृहमा आएपछि सुराकी नामको मासिक लाखौं खर्च र राष्ट्रिय परिचयपत्रको डाटा सम्बन्धि काम विदेशी कम्पनीलाई दिने तयारी खारेज भैसकेको र मीटरव्याजीलाई कार्वाही गर्ने प्रक्रिया आयोगमार्फत अगाडि बढिसकेको उनले बताए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित