सुनकोशी जिप दुर्घटना अपडेट : नदीको बहाव अन्यत्र मोडेर बेपत्ता खोजिँदै

सिन्धुली । सुनकोशीमा शुक्रबार दुर्घटना भएको जिप र त्यसमा सवार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का अधिकारीहरूको खोजी आज पनि जारी छ ।

शनिबार बिहानैदेखि खोजी जारी भए पनि हालसम्म मानिस र गाडी भेटिएको छैन । यद्यपि दुर्घटनास्थलबाट १५ मिटरजति तल सुनकोशी नदीमा खोजीको क्रममा पानीमुनि फलामको हुक अड्किएको हुनाले जिपमा अड्किएको आशंका गरिएको छ ।

शुक्रबार दिनभर खोजी गर्दा नभेटिएपछि शनिबार पनि दिनभर खोजी भइरहेको छ । खोताखोरसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, सेना र स्थानीयहरूले खोजी गरिरहे पनि भेटिएको छैन । नदीमा पानीको बहाब बढी भएकाले पानीलाई स्काभेटरको सहायताले अन्यत्र मोडेर खोजी गर्ने तयारी भएको छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का दुई निर्देशक र अधिकृत चढेको बा १ झ ७४६७ नम्बरको जिप शुक्रबार दिउँसो मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका–७ को लौकुनबाट सुनकोशी नदीमा खसेको थियो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित