सुनकोशीमा बेपत्ता सिटिइभिटीका कर्मचारी खोज्न थप गोताखोर सिन्धुली प्रस्थान

सुनकोशी । सुनकोशीमा बेपत्ता सिटिइभिटीका कर्मचारीको खोजी गर्न थप गोताखोर सिन्धुली प्रस्थान गरेका छन्। शनिबार सशस्त्र प्रहरी बलले कुरिनटारस्थित नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयबाट थप गोताखोर सिन्धुली प्रस्थान गरेको सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

सशस्त्र प्रहरी निरीक्षक सुवास थापाको कमान्डमा चार जना गोताखोरसहित सात जनाको टोली सिन्धुली प्रस्थान गरेको हो। यसअघि काठमाडौंको सिनामंगलस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर २० विपद् उद्धार उपत्यका गणबाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमान्डमा ७ जनाको गोताखोर टोली खटिएको थियो।

शुक्रबार बिहान करिब साढे ११ बजे सिटिइभिटीको कर्मचारी सवार बा १ झ ७४६७ नम्बरको गाडी सिन्धुलीको गोलञ्जोर गाउँपालिका(७ लौकुनबाट सुनकोशी नदीमा खसेको थियो। जिप खस्दा तीन जना कर्मचारी बेपत्ता छन्।

गाडीमा सवार चार जनामध्य चालक दाङको राप्ती घर भएका ३१ वर्षीय कृष्ण चौधरी पौडी घाइते छन्। उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

सिटिइभिटी प्रशासन महाशाखाका निर्देशक सहसचिव ५७ वर्षीय कृष्णबहादुर केसी, योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र विद्युत प्रशिक्षक ३२ वर्षीय भानु पौडेल बेपत्ता छन्।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित