काठमाडौं । द्विदेशीय टी-२० महिला क्रिकेट प्रतियोगिताको चौथो खेलमा नेपाल मलेसियासँग चार विकेटले पराजित भएको छ। मलेसियामा जारी द्विदेशीय श्रृङ्खलाको शनिबारको खेलमा नेपालले दिएको ९७ रनको लक्ष्य मलेसियाले ६ विकेटको क्षतिमा पूरा गरेको हो। मलेसियाका लागि विनफ्रेड अन्ना दुरासिगमले ३८, महिरा इजाति इस्माइलले १६ र यास्मिन जुल्किफिलले १३ रन बनाइ्न।
नेपालका लागि कविता कुँवर, रुविना क्षेत्री, सिता राना मगर र कविता जोशीले एक-एक विकेट लिए। यसअघि ब्याटिङ गरेको नेपालले सात विकेटको क्षतिमा ९६ रन बनाएको थियो। नेपालका लागि इन्दु बर्माले ३२, विन्दु रावलले २४ र कविता कुँवरले १२ रन बनाएका थिए।
पाँच खेलको श्रृङ्खलामा दुवै टोलीले दुई(दुई खेल जितेका छन्। अब अन्तिम खेल जित्ने टोलीले श्रृङ्खला जित्नेछ। यो श्रृङ्खला जित्ने लक्ष्य सहित दुवै टोली आइतबार अन्तिम खेलमा प्रतिस्पर्धा गर्नेछन्।