दुई छोरासहित विष सेवन गरी आत्महत्याको प्रयास

काठमाडौं। आफ्ना दुई छोरा सहित एक महिलाले बिष सेवनगरी आत्महत्या प्रयास गरेकी छिन्। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ जाँतेकी ३६ वर्षीया सोनी पाख्रिनले ७ वर्षीय छोरा अस्किन र १८ महिने छोरा जेनिस वाइबालाई विष खुवाएर आफूले पनि विष सेवन गरेको प्रहरीले जनाएको छ ।

विषका कारण एक नाबालकको ज्यान गएको छ । अर्को छोरा र आमा अचेत छन्। उनले ‘प्यारा क्वाइट डाइक्लोराइड’ नामक झार मार्ने विषादी सेवन गरेको खुलेको छ । विष सेवन गरेकी उनीसहित बालकहरूलाई उपचारका लागि हेटौंडा अस्पताल लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि राति चितवनको भरतपुर रिफर गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

विष सेवनपछि अचेत रहेका छोरा जेनिसको बिहीबार बिहान ७ः५० मा उपचारका क्रममा चितवन मेडिकल कलेज (सीएमसी)मा मृत्यु भएको जनाइएको छ। आमा र अर्का छोरा अस्किनको अवस्था पनि गम्भीर रहेको अस्पताल स्रोतको भनाइ छ। आमा छोरा दुवैको आईसीयूमा उपचार भइरहेको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित