आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि सुनको मूल्य बढेको जनाएको छ । महासंघले आजको मूल्य सूची तय गर्दै तोलामा ५०० रुपैयाँले मूल्य बढेको जनाएको हो । नेपाली बजारमा हिजो बुधबार पनि सुनको मूल्य बढेको थियो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ कायम छ । यस्तै, तेजाबी सुनको मूल्य १ लाख ११ हजार ९०० कायम छ । हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ४५० रुपैयाँ कायम थियो ।

सुनको मूल्य बढेको दिन चाँदीको मूल्य पनि बढेको छ । महासंघले आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १४ सय १० रुपैयाँ पुगेको छ । हिजो बुधबार चाँदीको मूल्य तोलामा १३ सय ९५ रुपैयाँ कायम थियो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित