काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले मलेसियालाई १ सय ११ रनको विजयी लक्ष्य दिएको छ। मलेसियासँगको तेस्रो टी-२० आईमा युकेएम ओभल मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ५ विकेट गुमाएर ११० रन बनायो।
नेपालका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक २७ रन बनाइन्। ज्योती पाण्डेले २३ रन बनाउँदा सिता रानामगरले २१ र इन्दु बर्माले २० रन बनाए।
मलेसियाका लागि निक नुरले २ तथा एइसा एलिसा र विनफ्रेड एनीले एक एक विकेट लिए।
नेपाल पहिलो खेलमा मलेसियासँग पाँच विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा नेपाल ७ विकेटले विजयी भएको थियो। पाँच खेलको श्रृंखलामा १-१को बराबरी भएको छ।