प्रधानमन्त्री प्रचण्ड र समकक्षी मोदीबीच औपचारिक वार्ता आज, ‘महत्वपूर्ण सम्झौता’मा हस्ताक्षर हुँदै

काठमाडौं । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज भेटवार्ता हुँदैछ । उनीहरुबीच आज बिहान ११ बजे हैदरावाद हाउसमा भेटवार्ताको तालिका छ ।

त्यसपछि प्रतिनिधिमण्डल स्तरीय संयुक्त बैठक हुनेछ । बैठकमा प्रचण्ड र मोदीको सहभागिता रहनेछ । यो बैठकपछि दुवै देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ ।

आजै भारतीय प्रधानमन्त्री मोदीले आयोजना गरेको दिवाभोजमा प्रधानमन्त्री प्रचण्डसहितको नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ । प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखडसँग पनि आजै भेटवार्ता गर्ने कार्यसूची छ । उपराष्ट्रपतिसँग दिउँसो ४ बजे र राष्ट्रपतिसँग साढे ४ बजे भेट्ने समयतालिका छ ।

प्रधानमन्त्री प्रचण्ड चार दिने भ्रमणका क्रममा हिजो भारतको नयाँ दिल्ली पुगेका थिए ।

भ्रमणको पहिलो दिन हिजो भारत सरकारका विदेश सचिव विनयमोहन क्वात्रा र सुरक्षा सल्लाहकार अजित डोभालले प्रधानमन्त्री प्रचण्ड बसेको होटलमा पुगेर भेट गरेका थिए ।

यस्तै भ्रमणको क्रममा ऊर्जा व्यापार, पारवहन सन्धिको संशोधनसहितका विषयमा निर्णय हुन सक्ने नेपाली अधिकारीहरूले बताएका छन् ।

नेपालले थप हवाई रूटको माग गर्ने र महाकाली सन्धिअनुसार पञ्चेश्वर परियोजना विकास गर्न झन्डै तीन दशकअघि गरिएको प्रतिबद्धता कार्यान्वयन हुनुपर्ने विषय उठाउने तयारी गरेको छ । प्रधानमन्त्री प्रचण्ड पर्सि शनिवार स्वदेश फर्कने कार्यक्रम छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित