प्रधानमन्त्री प्रचण्ड नयाँ दिल्लीमा, राज्यमन्त्रीद्वारा स्वागत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भ्रमणका क्रममा भारतको नयाँ दिल्ली पुगेका छन् । प्रधानमन्त्री प्रचण्डलाई नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारत सरकारको विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी हुन् ।

348358250 761987518945663 8571574979825009021 n https://newskhari.com/storage/2023/05/pic_4zdCp5aXWP.jpeg

चार दिने भारत भ्रमणका लागि प्रधानमन्त्री प्रचण्ड आज बुधवार दिउँसो काठमाडौंबाट प्रस्थान गरेका थिए । प्रधानमन्त्री प्रचण्डले भोलि बिहीवार भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदराबाद हाउसमा दुई पक्षीय वार्ता गर्ने छन् । ।

348358977 768503604956499 1102455903249216978 n https://newskhari.com/storage/2023/05/pic_4zdCp5aXWP.jpeg

भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसहित भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्रमन्त्री नारायणप्रसाद साउद, अर्थमन्त्री डा.प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजाल छन् । भारत भ्रमणका क्रममा विद्युत विस्तार, विद्युतमा भारतीय लगानी प्रवर्धन, भारतसँग भएका सम्झौताहरूको कार्यान्वयन, सीमा विवाद, नाकाहरू सञ्चालनलगायतका बारेमा छलफल गर्ने कार्यक्रम रहेको छ ।

348358221 169696679154967 383142358146203893 n https://newskhari.com/storage/2023/05/pic_4zdCp5aXWP.jpeg

त्यस अवसरमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो । प्रधानमन्त्री प्रचण्ड आउँदो शनिवार स्वदेश फर्किने तालिका रहेको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित