नागरिकता विधेयक प्रमाणीकरणको रास्वपाबाट विरोध

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेकोप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विरोध गरेको छ । रास्वपाका सभापति एवं सांसद रवि लामिछानेले विधेयक प्रमाणीकरण भएकोप्रति गम्भीर आपत्ति जनाएका हुन् ।

उनले नयाँ संसद बनेकै छ महिना भइसक्दासमेत संसदमा छलफल नगराइ पुरानै सरकारले पेश गरेको विधेयक नयाँ राष्ट्रपतिले पारित गर्नु राष्ट्रपतिजस्तो सम्मानित संस्थाको गरिमा विपरीत भएको जनाएका छन् । त्यस्तै उनले यो लोकतान्त्रिक संसदीय मूल्य मान्यता विपरीत रहेकोसमेत उल्लेख गरेका छन् ।

यस्तो छ उनले सामाजिक सञ्जालमार्फत व्यक्त गरेको अभिव्यक्ति–
‘नयाँ जनादेशबाट नयाँ संसद बनेको ६ महिना भइसक्दा पनि संसदमा छलफल नगराइ, यसरी पुरानै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणीकरण गराउनु राष्ट्रपति जस्तो सम्मानित संस्थाको गरिमा विपरीत , लोकतान्त्रिक संसदीय मूल्य मान्यता र राष्ट्रहितविरूद्ध छ ।’

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित