सुनौलो सहकारीका सञ्चालक र कर्मचारी पक्राउ

रुपन्देही । बुटवलको सुनौलो बहुउद्देश्यीय सहकारीका दुई जना सञ्चालक तथा कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले सहकारीका सिर्जना तामाङ र आर्यन क्षेत्रीलाई मङ्गलवार राती नियन्त्रणमा लिएको हो । बचतकर्ताहरूले मङ्गलवार राती सहकारीको करिब ६० लाख हिनामिना गरेको आरोप लगाउँदै सहकारी घेरेपछि बुटवलको वडा प्रहरी कार्यालयको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

वडा प्रहरी कार्यालय रामनगरका अनुसार नियन्त्रण लिएका सिर्जना तामाङ र आर्यन क्षेत्री सहकारीका कर्मचारी र सञ्चालक दुवै भएको बताएको छ । करिब ६० लाख सहकारीले हिनामिना गरेको बचतकर्ताहरूको आरोप छ । तर कति हो भन्ने अझै खुलेको छैन ।

यो विषयमा आज छलफल गरिने प्रहरीको भनाइ छ । बचतकर्ताहरू बढी आक्रोशित भएर सहकारी घेरेपछि घटना घट्न सक्ने सम्भावना देखेर उनीहरूलाई नियन्त्रणमा लिएर सुरक्षित राखिएको रामनगर वडा प्रहरी कार्यालयले बताएको छ । सुनौलो सहकारी जिल्ला सहकारी संघ रुपन्देहीमा दर्ता नभएको जिल्ला सहकारी संघका सदस्य गंगालाल सापकोटाले बताए । बुटवलमा दर्ता नभई बाहिर दर्ता भएर आएका सहकारीहरू धेरै समस्यामा परेका छन् ।

बुटवल उपमहानगरले आवश्यक कानुन नहुँदा बाहिर दर्ता भएर यहाँ आएका सहकारीलाई अनुगमन गर्न नसकेको जनाएको छ । यसअघि अन्य ५ यस्तै सहकारी समस्याग्रस्त भएका छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित