दुर्घटनामा मृत्यु भएकी डाक्टर सञ्जु खड्काको शव सुर्खेत लगियो

काठमाडौं । सवारी दुर्घटनामा मृत्यु भएकी डाक्टर सञ्जु खाती खड्काको शव सुर्खेत लगिएको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–८ मुगुवा खोली नजिकै मंगलबार दिउँसो साढे चार बजे दुर्घटना हुँदा खड्काको मृत्यु भएको थियो।

कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत खड्काको शव मंगलबार राति नै सुर्खेत लगिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए। डा. खड्का प्रदेश अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काकी श्रीमती हुन्।

पूर्वतर्फ जाँदै गरेको मे १ ख ३३३५ नम्बरको बस र पश्चिमतर्फ जाँदै गरेको बा १३ च ८२५३ नम्बरको कार आपसमा ठोक्किँदा उनको मृत्यु भएको हो। दुर्घटनामा कार चालक गोरखाका अन्दाजी ३४ वर्षका सुवास अधिकारीको पनि मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रमुख सन्तोष सिंह राठौरले दुवै जनाको उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको जानकारी दिए।

वीरेन्द्रनगर नगरपालिका-७ इतपुरमा खड्का परिवारले नयाँ घर बनाएका थिए। डा सञ्जु मंगलबार काठमाडौंबाट घर जाँदै गर्दा कार दुर्घटनामा परेकी हुन्।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित