मेयर नेपालीले नगरपालिबाट १५ लाख रुपैयाँ पेश्की लिएको खुलासा

काठमाडौं । ढोरपाटन नगरपालिकाका मेयर देवुकमार नेपाली नगरपालिकाबाट १५ लाख रुपैयाँ पेश्की रकम लिएको खुलेको छ । फरार हुनुभन्दा अघि नगरपालिकामा कार्यरत कर्मचारीमार्फत १५ लाख रुपैयाँ पेश्की लिएको खुलेको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माका अनुसार नगरपालिकामा कार्यरत कर्मचारीबाट १५ लाख रुपैयाँ रकम मेयर नेपालीले पेश्की लिएको देखिएको हो ।

‘आर्थिक सहायता शीर्षकमा रहेको रकम कार्यरत कर्मचारीलाई आर्थिक सहायता भन्दै लिएको देखिएको छ,’ उनले भने,’आर्थिक सहायता दिएको भए आवश्यक डकुमेन्ट हुनुपर्ने अहिलेसम्म भेटिएको छैन ।’ कुन कर्मचारीलाई आर्थिक सहायता दिएको भन्ने पनि खुलेका छैन ।

उनका अनुसार मेयर नेपालीको नाममा १५ लाख रुपैयाँ रकम बक्यौता देखिएको छ । आर्थिक सहायतमा रहेकाे रकम देवुकमारले लिएपछि अन्य भुक्तानी समेत रोकिएको छ ।

‘आर्थिक सहायता शीर्षकमा रहेको रकमले सूचना, प्रविधि एवम् आर्थिक सहायतामा खर्च गर्दै आएका थियौं,’ उनले भने, ‘मेयरले पेश्की लिएपछि ती कामहरु रोकिएका छन् ।’

इमेज बचत तथा ऋण सहकारीमा बचतकर्ताको राखेको करिब २ अर्ब रुपैयाँ फिर्ता गर्न नसकेपछि मेयर नेपाली फरार छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित