काठमाडौं । बागलुङका १० स्थानीय तहमा ४ अर्ब २६ करोड ३६ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सोमबार अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बागलुङका १० स्थानीय तहलाई ४ अर्ब २६ करोड ३६ लाख रुपैयाँ बजेट विनियोजन गरेका हुन् ।
यो सँगै बागलुङ नगरपालिकामा सबैभन्दा बढी ९० करोड २६ लाख रकम विनियोजन भएको छ । भने गाउँपालिका तर्फ सबैभन्दा बढी बडिगाड गाउँपालिकामा ४८ करोड ५४ लाख रकम विनियोजन भएको छ ।
कुन स्थानीय तहमा कति रकम ?
-गलकोट नगरपालिका ४९ करोड ५८ लाख
-जैमिनी नगरपालिका ५३ करोड ४७ लाख
-ढोरपाटन नगरपालिका ३७ करोड २८ लाख
-बागलुङ नगरपालिका ९० करोड २६ लाख
-काठेखोला गाउँपालिका ४२ करोड ४ लाख
-तमानखोला गाउँपालिका २० करोड ३७ लाख
-ताराखोला गाउँपालिका २५ करोड १८ लाख
-निसीखोला गाउँपालिका ३० करोड ६७ लाख
-बडिगाड गाउँपालिका ४८ करोड ५४ लाख
-बरेङ गाउँपालिका २८ करोड ९७ लाख