काठमाडौं । नेपाली कांग्रेसकी नेतृ तथा पूर्वमन्त्री मीना पाण्डेको ७२ वर्षको उमेर आज निधन भएको छ । सर्लाही जिल्ला क्षेत्र नम्बर (२ बाट दुईपटक प्रत्यक्ष सांसद निर्वाचित भएकी पाण्डे अघिल्लो प्रतिनिधि सभामा समानुपातिक सांसद थिइन् ।
पाण्डेको आजै पशुपति आर्यघाट दाहसंस्कारको तयारी भइरहेको उनका दाजु तथा नेपाली कांग्रेसका नेता रामचन्द्र खड्काले जानकारी दिए । रामेछापको साविक बेथान गाविसमा जन्मिएकी पाण्डेले सर्लाहीबाट राजनीति गरेकी थिइन् ।