भुटानी शरणार्थी प्रकरण : जिल्ला अदालतमा तीन आरोपितको बयान सुरु

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा तीन आरोपितको बयान सुरु भएको छ । काठमाडौं जिल्ला अदालतमा आरोपितहरु सन्देश शर्मा, इन्द्रजित राई र नरेन्द्र केसीको बयान सुरु भएको हो ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा उनीहरुको बयान लिन सुरु गरिएको छ । यसअघि केशवप्रसाद दुलाल, सागर राई, सन्दीप रायमाझी, लक्ष्मी महर्जन र टंककुमार गुरुङको बयान लिइएको थियो ।

मंगलबार अदालतमा शर्मा, राई र केसीको बयान लिने क्रम सुरु भएको छ । यी तीन जनामध्ये राईको बयान आइतबार नै लिने प्रक्रिया अघि बढाइएको थियो । तर विभिन्न कारण देखाउँदै राईले आइतबार बयान दिन अस्वीकार गरेपछि उनलाई आज बयानका लागि लगिएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा जेठ १२ गतेदेखि काठमाडौं जिल्ला अदालतमा आरोपितहरुको बयान लिन थालिएको हो । ३० जना प्रतिवादी रहेको यो प्रकरणमा १७ जना पक्राउ परेका छन् भने १३ जना फरार छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित