सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज सुनुवाइ

काठमाडौं । राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेको बलात्कार मुद्दाको फाइनल चरणको बहसका लागि जिल्ला अदालत, काठमाडौंले मंगलबार पेशी तोकेको छ।

पटक पटक फाइनल चरणको बहसका लागि पेशी तोकिए पनि निरन्तर सुनुवाइ हुन नसक्दा मुद्दाले अन्तिम किनारा पाउन सकेको छैन। मंगलबार पनि फाइनल चरणको बहस हुन नसके सन्दीप दक्षिण अफ्रिका टुरमा जाने छैनन्।

सर्वोच्च अदालतले गत १५ फागुनमा नै काठमाडौं जिल्ला अदालतलाई शीघ्र सुनुवाइ (फास्ट ट्र्याक) तथा निरन्तर सुनुवाइ (कन्टिनियस हेयरिङ) का प्रक्रिया अबलम्बन गरी छिटो कारबाही किनारा गर्नू भनी दिएको आदेशको तीन महिना पूरा हुँदा पनि मुद्दाले किनारा पाउन सकेको छैन।

पछिल्लो पटक गत ७ जेठमा परेको पेसीमा न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलासमा फाइनल चरणको बहस हुन सकेन।

न्यायाधीश पराजुलीले उमेरमा विवाद देखिएको भन्दै जन्मदर्ता प्रमाणपत्रहरूमा पीडितको जन्ममिति फरक परेको भन्दै जन्मदर्ता किताबको सक्कल यथाशीघ्र पठाउन आदेश दिए।

साथै नारायणी अस्पताल वीरगञ्जबाट प्राप्त भएको जन्मदर्ता रेकर्ड स्पष्ट नबुझिएको भन्दै सक्कल किताब प्रमाणका लागि झिकाउन आदेश दिएका थिए। सोही आदेश अनुसार उक्त डकुमेन्टहरू अदालत आइपुगेको छ।

त्यसअघि गत १९ वैशाखमा मुद्दाको पेशी न्यायाधीश दीपक ढकालको इजालासमा परेको थियो। जहाँ सरकारी पक्षका वकिलहरूले ४ घण्टा बढी बहस गरिसकेका थिए।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित