विदेशबाट सुन ल्याउँदै हुनुहुन्छ ? यी कुरा जानिराख्नुस्

काठमाडौं । विदेशबाट फर्केका यात्रुले आफ्नो साथमा पुरुषको हकमा पच्चीस ग्राम र महिलाको हकमा पचास ग्रामसम्म सुनको गहना ल्याउन पाउने भएका छन् । आर्थिक विधेयकमा उल्लेख भएअनुसार यस परिणामको सुनको गहनामा कुनै पनि महसुल लाग्ने छैन ।

पचास ग्रामभन्दा बढी भएमा एक सय ग्रामसम्म सुनका गहनामा प्रचलित दर अनुसार महसुल लाग्नेछ । तर सामान्य गहनाको आकार मात्रै दिएर बनाइएका बेरुवा औँठी, बाला, सिक्री जस्ता रसायन प्रयोग नगरिएका वस्तुलाई गहनाको रूपमा मान्यता दिइने छैन ।

सुनको हकमा पहिलो पचास ग्रामसम्म प्रचलित दर अनुसार महसुल लाग्ने छ भने पचास ग्रामभन्दा बढी थप पचास ग्रामसम्म प्रचलित दर अनुसार लाग्ने महसुलको अतिरिक्त थप तीन प्रतिशत महसुल लाग्नेछ ।

उल्लेख भएका बढी परिमाणमा सुन तथा सुनका गहना पैठारी गरेमा बढी भएको परिमाण जति जफत गरिने विधेयकमा उल्लेख छ।

यात्रुले ल्याउने सुन तथा सुनका गहनाको भन्सार मूल्याङ्कन प्रयोजनका लागि हरेक महिनाको १ गते र १५ गते भन्सार विभागले अन्तर्राष्ट्रिय बजारबाट मूल्य सूची लिई भन्सार कार्यालयहरूमा उपलब्ध गराउनेछ ।

विदेशी यात्रुले आफ्नो साथमा ल्याउन पाउने पुरुषको हकमा पच्चीस ग्राम र महिलाको हकमा पचास ग्रामसम्म सुनको गहना र एक सय ग्रामसम्म चाँदीका गहना भन्दा बढी निजी प्रयोगका सुन तथा चाँदीका गहना पछि फिर्ता लैजाने गरी भन्सार बिन्दुमा घोषणा गरेमा त्यस्तो गहना परीक्षण गरी सो गहनाको मूल्यको बीस प्रतिशत रकम धरौटी राखी ल्याउन दिइनेछ।

त्यसरी ल्याएको गहना निज यात्रु फर्कँदा भन्सार बिन्दुमा परीक्षण गराई त्यस्तो गहना ल्याउँदा राखेको धरौटी रकम फिर्ता लैजान सक्नेछ। त्यसरी परीक्षण गर्दा घोषणा गरे भन्दा फरक गुणस्तर तथा परिमाण भएको प्रमाणित भएमा भन्सार ऐन, २०६४ बमोजिमको कारबाही हुनेछ ।

तर भारतबाट विवाह लगायतका सामाजिक कार्यमा आउने यात्रुले आफ्नो स्वः प्रयोजनका लागि ल्याउने गहना आफू फर्कँदा फिर्ता लैजाने शर्तमा भन्सार कार्यालयमा घोषणा गरी ल्याउन सक्नेछ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित