बजेटको आकार १७ खर्ब ५१ अर्ब ३१ करोड

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड को बजेट ल्याएको छ। अर्थमन्त्री डा.प्रकाशशरण महतले संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा बजेट पेश गरेका हुन्।

उनका अनुसार चालूतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५ दशमलव २ प्रतिशत छुट्याइएको छ । पूजिँगततर्फ ३ खर्ब २ अर्ब ७ करोड अर्थात् १७ दशमलब २५ प्रतिशत बजेट राखिएको छ। ​

वित्तीय व्यवस्थापन तर्फ ३ खर्ब ७ अर्ब ४५ करोड अर्थात् १७ दशमलव ५५ प्रतिशत बजेट छुट्याइएको छ।

यो खर्च अनुमान चालू आर्थिक वर्षको विनियोजन विधेयकभन्दा २ दशमलव ३७ प्रतिशतले कम हो भने संशोधित अनुमानको तुलनामा १६ दशमलब ३७ प्रतिशत बढी हो।

बजेटका स्रोतमध्ये राजश्वबाट १२ खर्ब ४८ अर्ब ६२ करोड उठाउने लक्ष्य राखिएको छ। वैदेशिक अनुदानबाट ४९ अर्ब ९४ करोड प्राप्त गर्ने लक्ष्य सरकारको छ।

यसो गर्दा ४ खर्ब ५२ अर्ब ७५ करोड न्यून हुने रकम वैदेशिक ऋणबाट २ खर्ब १२ अर्ब ६२ करोड र २ खर्ब ४० अर्ब आन्तरिक ऋणबाट व्यहोरिने अर्थमन्त्री महतले बताए।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित