काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बजेट १२ करोड रुपैयाँले बढ्ने भएको छ ।
चालु आर्थिक वर्षमा ८ अर्ब ५९ करोड विनियोजन गरिएकोमा आगामी आर्थिक वर्षका लागि ८ अर्ब ७१ करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री प्रकाशशरण महतले बताए ।
सोमबार बजेट प्रस्तुत गर्दै मन्त्री महतले सूचना प्रविधिको पहुँच सरल र सहज बनाइने बताए । फोर जी सेवा विस्तार, विद्युतीय तथ्यांक सुरक्षा नीति, डिजिटल नेपाल फ्रेमकर्वको कार्यान्वयन लगायत विषयमा सरकारले कार्यक्रम अघि बढाउने जानकारी दिए ।