काठमाडौं । प्रतिनिधि सभाका समानुपातिक सांसद् बिन्दबासिनी कंसाकारले पद तथा गोपनीयताको सपथ लिदैंछिन्। प्रतिनिधि सभा सभामुख देवराज घिमिरेले कंसाकारलाई आज दिउँसो ३ बजे सिंहदरबारस्थित कानून समितिको हलमा सपथ ग्रहण गराउन लागेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले घुस काण्डमा मुछिएका ढाकाकुमार श्रेष्ठलाई निलम्बन गरेपछि कंसाकारलाई समानुपातिक सांसद्मा सिफारिस गरेको थियो ।