काठमाडौं । सरकारले आज आगामी आर्थिक वर्षको आय र व्ययको अनुमानित विवरण (बजेट) सार्वजनिक गर्ने कार्यक्रम छ । आज दिउसो ४ बजे सुरु हुने दुबै सदनको संयुक्त बैठकमा अर्थमन्त्री डा.प्रकाशशरण महतले बजेट सार्वजनिक गर्दैछन् ।
सो बजेट संसदबाट सार्वजनिक हुनुअघि मन्त्रिपरिषद बैठकले पारित गर्नुपर्ने हुन्छ । त्यसका लागि मन्त्रिपरिषद्को बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको छ । आगामी आर्थिक वर्षको बजेट पारित गर्ने प्रयोजनको लागि नै आज मन्त्रिपरिषद बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए ।
मन्त्रिपरिषद्बाट बजेट पारित भएपछि अर्थमन्त्री डा.महतले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर बजेटबारे ब्रिफिङ गर्नेछन् । त्यसपछि संसद्मा बजेट पेस गर्ने कार्यसूची रहेको छ ।