काठमाडौं । आइतबार सेयर बजारको परिसूचक नेप्से १७.३८ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से १९४१ अंकमा कायम भएको छ । कुल २ अर्ब ६३ करोड रुपैयाँको कारोबार भयो । ४३ कम्पनीको मूल्य बढ्दा १७३ को घट्यो भने ३ को स्थिर रहृयो ।
उत्पादन ४९ अंक बढ्यो । बैंकिङ ५, विकास बैंक ७३, फाइनान्स ३९, होटल ११०, जलविद्युत् ९, जीवन बीमा १९०, माइक्रोफाइनान्स ३२, निर्जीवन बीमा २५३, अन्य १७ र ब्यापार उपसमूह २ अंक घटे । आत्मनिर्भर लघुवित्तको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । युनिलिभरको ७, चिलिमे हाइड्रोको ६ र नेपाल बैंकको ४.८ प्रतिशत मूल्य बढ्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, नेपाल टेलिकम, सोल्टी होटल, चिलिमे हाइड्रोपावर र निफ्रा क्रमशः अगाडि रहे । बजारको पुँजीकरण २८ खर्ब ३२ अर्ब कायम भएको छ ।