काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीमाथि कारबाहीको माग गर्दै आन्दोलन गर्ने १७ जनालाई प्रहरीले पक्राउ गरेको छ।दोषीलाई कारबाहीको माग गर्दै आइतबार सिंहदरबारको गेटनजिक आन्दोलन गरिरहेका मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीसहित १७ जनालाई प्रहरीले पक्राउ गरेको हो।
सिंहदरबार दक्षिण ढोका अगाडिन नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीहरूलाई कारबाही गर, तीन तहको सरकारस् सुशासन, पारदर्शीता र जवाफदेहीता सुनिश्चित गर, लोकतान्त्रिक गणतन्त्रको मूल्यअनुरूप आचरण गर भन्ने आह्वानसहित शान्ति समाजले आन्दोलन गरेको थियो।
शान्ति समाजले नक्कली भुटानी शरणार्थी प्रकरणको सूक्ष्म अध्ययनरअनुसन्धान गरी दोषीहरू प्रमुख दलका शीर्ष नेतासहित जो कोही हुन् कानुनसम्मत कारबाही गर्न माग गर्दै २४ जिल्लामा ५० वटा धर्ना प्रदर्शन गरिसकेको छ। साथै समाजले यो प्रकरणमा संलग्नहरूलाई उन्मुक्ति दिन गरिने कुनै पनि प्रयास र सौदाबाजीको निन्दा गर्दै आएको छ।