राष्ट्रियसभा आवश्यक नभए खारेज गर्न कांग्रेस सांसद पन्थको माग

काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य प्रकाश पन्थले राष्ट्रियसभाको गरिमा कायम हुन नसकेको गुनासो गरेका छन् । उनले राष्ट्रियसभा उपेक्षामा परेको भन्दै दुखेसो पोखे । आइतबार संघीय संसद्को संयुक्त बैठकमा बोल्दै उनले राष्ट्रियसभालाई परिपक्व र स्थायी प्रकृतिको सभा भनिएपनि नेतृत्वबाट सधै उपेक्षामा परेको बताए ।

“यो राष्ट्रियसभा ठिक छ चाहिन्छ आवश्यकता छ भने यसलाई राख्ने हो,” उनले थपे, “चाहिँदैन आवश्यकता छैन भन्ने केही नेताहरूलाई लाग्छ भने यसलाई बन्द गरिदिए हुन्छ खारेज गरिदिए हुन्छ ।”

“परिपक्व र स्थायी सभा भनेर राष्ट्रियसभालाई हामी भन्ने गरेका छौँ । भाषणमा त्यसो भने पनि व्यवहारमा राष्ट्रियसभाले आफूलाई उपेक्षा गरेको महसुस भएको छ । प्रतिनिधिसभा नहुँदा कुनै बेला सिंहदरबारको एउटा हलबाट नीति कार्यक्रम बजेटहरू प्रस्तुत भयो राष्ट्रियसभा हुँदाहुँदै । त्यहाँबाट राष्ट्रियसभा झस्किएको छ,” पन्थले भने, “यसको औचित्य र आवश्यकताको विषय त्यतिबेलै उठिसकेको छ । राष्ट्रियसभा हुँदाहुँदै सरकारले कतिपय कुराहरू बाहिरबाहिरबाटै गर्दा यसको औचित्यमाथि प्रश्न उठेको छ ।”

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित