गुल्मीमा घरायसी विवाद हुँदा बुवाले काटे छोराको नाक

तम्घास । गुल्मीमा घरायसी विवादमा बुवाले छोराको नाक काटिदिएका छन् । जिल्लाको इस्मा गाउँपालिका-३ तोरी पाटाका ५६ वर्षीय दिलबहादुर सार्कीले आफ्नै छोरा बाबुराम सार्कीको नाक काटिदिएका हुन् ।

घरायसी विवादका कारण झगडा हुँदा एक्कासि दिलबहादुरले हसियाँ प्रहार गर्दा बाबुरामको नाकमा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नविनकिशोर प्रधानले जानकारी दिए ।

घाइतेको गुल्मी अस्पताल तम्घासमा सामान्य उपचारपश्चात लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएको प्रधानले बताए । घटनामा संलग्न दिलबहादुरलाई प्रहरीले हसियासहित नियन्त्रण लिएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित