हेटौंडा । बागमती प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदैछ। आज दिउँसो २ बजे बस्ने प्रदेश सभा बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले आर्थिक वर्ष २०८०/०८१ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए।
प्रदेश मन्त्रिपरिषद्को बैठकबाट पारित भएको बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम संसद्मा पेश हुन लागेको हो। सभामुख भुवनकुमार पाठकले आज प्रदेश सभा सदस्यहरुलाई औपचारिक पोसाकमा उपस्थित हुन अनुरोध गरेका छन्।