काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नीति कार्यक्रम कर्मकाण्डी र मौलिक दुवै भएको बताएका छन् । सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै प्रचण्डले नीति कार्यक्रम कर्मकाण्डी र मौलिक भएको दाबी गरेका हुन् ।
‘नीति कार्यक्रम कर्मकाण्डी पनि छ । आधारभूत कुरा पोहोर सालको परार सालको सरकारले ल्याउने पनि यस्तै यस्तै हुन्थ्यो । अझ पहिले पहिलेको जस्तो पनि छ । हामीले पनि यस्तै ल्याउथ्यौं । अहिले पनि त्यस्तै आएको हो भने त समर्थन पनि गर्नुपर्थ्यो’ प्रचण्डले भने, ‘केही मौलिकता पनि छन् । निर्वाचन भइसकेपछि मेरो नेतृत्वमा दुई गठबन्धन भए ।
पहिलो गठबन्धन बन्दा सामूहिक ढंगले न्यूनतम साझा कार्यक्रम बनायौं । यसैलाई त्यतिखेरका गठबन्धनका शीर्ष नेताले उत्कृष्ट भन्नुभएको थियो । दोस्रो गठबन्धन बनेपछि पनि हामीले । दुवै न्यूनतम साझा कार्यक्रममा टेकेर नीति कार्यक्रम ल्यायौं । यसकारण यो परम्परागत नीति कार्यक्रम मात्रै होइन । विशिष्टता र मौलिकता यसमा छ । सबैको अपनत्व छ भन्ने मलाई लाग्छ ।’