काठमाडौं । नेकपा एमालेनिकट युवा संघले शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पुत्ला दहन गरेको छ । माओवादी केन्द्रका सांसद पशुपतिनाथको जलहरीमा भ्रष्टाचार भएको बताएपछि सरकारविरुद्ध युवा संघ आन्दोलित बनेको हो ।
यही विषयलाई लिएर शुक्रबार एमालेले संसद अवरोध गरेको थियो । आज माओवादी सांसदले बोलेको शब्द संसदको रेकर्डबाट हटाउने सहमति भएपछि एमालेले संसद चल्न दिएको छ । शनिबार साँझ युवा संघले नयाँ बानेश्वर बिजुली बजारमा मशासल जुलुस निकाल्दै पुत्ला दहन पनि गरेको हो ।