काठमाडौं। पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध निरन्तर मुद्दा हालेर चर्चामा रहेका अधिवक्ता युवराज सफल कुटिएका छन् । उनीमाथि आज शनिबार एक समूहले बानेश्वरमा कुटपिट गरेको हो ।
बानेश्वरमा स्वतन्त्र नागरिक आन्दोलनले गरेको प्रदर्शनका क्रममा सफलमाथि कुटपिट भएको हो । उनीमाथि सोम शर्मा र विप्लव खड्का लगायतको समूहले कुटपिट गरेको जनाइएको छ । तर प्रहरी सँगसँगै भएकाले धेरै कुटपिट हुनबाट उनी जोगिए, भीड नियन्त्रण गर्न प्रहरी खटिएको थियो ।
खासमा प्रदर्शनचाहिँ नागरिकता सम्बन्धी विधेयकको विरुद्धमा भइरहेको थियो । सोही प्रदर्शनमा युवराज सफल पनि सहभागी थिए । अन्य केही प्रदर्शनकारीले सफललाई जिस्काएपछि तनावको स्थिति सृजना भएको थियो । सोही क्रममा केही प्रदर्शनकारी उनीमाथि झम्टिएका थिए ।
यसरी कुटपिट गर्न जाने खड्कालगायतका व्यक्तिहरुलाई तत्कालै प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।