नक्कली शरणार्थी प्रकरणको अनुसन्धानमा सरकार पछि हट्न हुँदैन : नेता झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा सरकार पछि हट्न नहुने बताएका छन् ।

शनिबार संवाद डवलीले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा शरणार्थी प्रकरण नेपालको लज्जास्पद घटना भएको भन्दै यसलाई पूर्ण रुपमा टुङ्गोमा पुराउनुपर्ने बताए ।

यसको अनुसन्धानलाई कमजोर पार्ने चर्चा चलेको भन्दै उनले अनुसन्धानलाई निष्कर्षमा पुराउन नसके जनताले नै आन्दोलन गर्ने अवस्था सिर्जना हुने धारणा राखे ।

खनालले उक्त प्रकरणमा संलग्न कुनै पनि अपराधी छुट्न नहुने र कोही निर्दोष फस्न नहुने बताए । त्यस्तै उनले अहिले राजतन्त्र फर्काउने भन्दै केही शक्ति सल्बलाउन थालेको भन्दै राजतन्त्र फर्काउने दिवासपना नदेख्न चेतावनी दिए । त्यस्तै खनालले बिभिन्न आन्दोलनमार्फत मुलुकमा भएका परिवर्तनलाई कसैले उल्टाउन नसक्ने जिकिर गरे ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित