प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले जवाफ दिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने भएका छन्। शनिबार दिउँसो ४ बजे बस्ने प्रतिनिधि सभा बैठकमा जवाफ दिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीले शुक्रबार नै जवाफ दिने कार्यक्रम रहेको भए पनि एमालेले अवरुद्ध गरेपछि बैठक रोकिएको थियो। माओवादी सांसद्ले पशुपतिको जलहरीमा भएको ११ तोला सुन हराएको विषयमा तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष जिम्मेवार हुने भनेपछि एमालेले संसद् अवरुद्ध गरेको थियो।

दिउँसो पटक–पटक सभामुखले बैठक बसाल्न कोसिस गरे पनि सफल हुन सकेनन्। त्यसपछि सूचना टाँस गरेर बैठक स्थगित गरिएको थियो।प्रधानमन्त्रीले जवाफ दिइसकेपनि सभामुखले निणयार्थ पेश गर्नेछन्। नीति तथा कार्यक्रम पारित भएपछि मात्र सरकारले बजेट ल्याउन पाउँछ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित