रुकुमका अमृत बुढा जापानमा मृत फेला

जापान । विद्यार्थी भिषामा जापान आएका एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुमका अमृत बुढा रहेका छन् । जापानको चुकुवा सिटीको कानामेमा बस्ने र सोही ठाउँको कम्पनीमा समेत काम गर्दै आएका ३४ वर्षीय बुढा केही दिनअघि आफू बस्ने कोठामै मृत फेला परेको नेपाली दूतावास जापानले जनाएको छ ।

मृतक बुढाले अप्रिलदेखि कम्पनीमा काम सुरु गरेको तथा मेको २ तारिखदेखि काममा गएका थिएनन् । खोजबिनपछि मृत फेला परेसँगै कम्पनीले प्रहरीलाई जानकारी गराएको पाइएको एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष नवीन निउरेले बताए । उनका अनुसार सडेगलेको अवस्थामा शव फेला परेको र प्रहरीले दूतावासलाई जानकारी गराए पश्चात् मात्र मृत्युको खबर बाहिरिएको थियो ।

बुढाको मृत्यु के कारणले भएको हो भन्ने बारेमा आवश्यक जानकारी लिन र त्यससम्बन्धी आवश्यक पक्रियाको लागि सहयोग गर्न नेपाली दूतावाससहित एनआरएनए जापानको एक टोलीले शुक्रवार प्रहरी र कम्पनीसँग आवश्यक जानकारी लिएको निउरेले बताए ।

कम्पनी, प्रहरी, दूतावास र एनआरएनए जापानको आवश्यक समन्वयमा मृतक बुढाको परिवारलाई यसबारे जानकारी दिएर आवश्यक सल्लाहमा अन्तिम संस्कार गरिने व्यवस्था मिलाउन सहयोग गरिने निउरेले बताए । घटनाको छानबिनका लागि शवलाई अहिले प्रहरीले आफ्नो नियन्त्रणमा राखेको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित