हुम्ला । हुम्लाको ठेहेमा ढिस्कोले पुरिँदा १ जनाको मृत्यु भएको छ । माथिबाट आएको माटोको ढिस्कोले पुरिँदा सिमकोट-२ ठेहेका ४६ वर्षीय बखिल बोहोराको मृत्यु भएको हुम्लाका प्रहरी प्रमुख डीएसपी भिमलाल भट्टराईले बताए ।
घरको जग खन्ने क्रममा घर माथिबाट आएको माटोको ढिस्कोले पुरिएर बोहोराको मृत्यु भएको हो । ठेहेका स्थानीय दानबहादुर बोहोराको घर निर्माणको जिम्मा लिएका बखिलको ढिस्काले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।